राजापुर नगरपालिकाका मेयरको निर्देशन : राजनीति गर्ने शिक्षकले सात दिनभित्र राजीनामा दिनू
फरकधार / ११ जेठ, २०७९

बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।



नवनिर्वाचित मेयर दिपेश थारूले नगरभित्रका सबै विद्यालयलाई पत्र लेख्दै पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई दलको राजनीतिमा लागेको भए सात दिनभित्र राजीनामा दिएर त्यसको जानकारी नगरपालिकालाई दिन निर्देशन दिएका हुन् ।

सो पत्रमा शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६, ‘ङ’ को उपदफा ५ को ६ मा उल्लेखित व्यवस्था उल्लंघन गरी कुनै दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने आचरणमा नपर्न सबैलाई आग्रह गरिएको छ ।





थारू केही दिनअघि नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । उपमेयरमा पनि माओवादीबाटै मनकलाकुमारी चौधरी विजयी भएकी थिइन् । 

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १०:५६:४३,   अन्तिम अपडेट : जेठ ११, २०७९ बुधबार ११:५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया