पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन [तस्बिरहरू]

जनकपुरधाममा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै स्थानीय युवाको आयोजनामा मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको हो ।

उनीहरूले बीच सडकमै मोटरसाइकल तेर्स्याएर एलपी ग्यास सिलिण्डरसहित विरोध प्रदर्शन गरेका हुन् । पाँच दलीय गठबन्धनको सरकारले जनतालाई राहतभन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल, ई–रिक्सा र सिलिण्डरहरूलाई बीच सडकमै राखेर सांकेतिक रूपमा विरोध गरेका छन् । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रूपमा जनतालाई असर परेकाले यसको विरुद्ध सबैजना एकजुट भएर मूल्यवृद्धि फिर्ता नहुञ्जेल आन्दोलन जारी रहने स्थानीय यूवा अभियन्ता सुशील कर्णले बताए ।

कर्णले जनतालाई सास्ती हुनेगरी गरिएको मूल्यवृद्धिले जनजीविका चलाउन निकै कठिनाइ भएको बताए । सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन :





 

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १२:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया