इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज हुने एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर प्रतिस्पर्धा गर्दैछन् ।
खेल कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार राति पौने आठ बजे सुरु हुनेछ । आज दुवै टोली जित हात पार्दै दोस्रो क्वालिफायरमा पुग्न चाहन्छन् ।
यो खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दा पराजित हुने टोली बाहिरिनेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो ।
लखनउले समूह चरणका १४ मध्ये नौ जित र पाँच हारेको नजितासहित १८ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न लागेको भने चौथो स्थानमा रहेको बैंग्लोरले समूह चरणमा आठ जित ६ हार सहित १६ अंक जोडेको थियो ।
समूह चरणमा भएको भेटमा भने बैंग्लोर १८ रनले विजयी भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।