भारतीय वैज्ञानिक भन्छन्ः आइन्स्टाइन र न्युटनको सिद्धान्त गलत छ

एजेन्सी– भारतीय वैज्ञानिकहरुले अल्वर्ट आइन्सटाइन र आइज्याक न्युटनको सिद्धान्त गलत र भ्रमपूर्ण रहेको बताएका छन् । भारतमा भएको वैज्ञानिकहरुको एक सम्मेलनमा न्युटन र आइन्सटाइनका सिद्धान्तहरु गलत भएको उनीहरुले बताएका हुन् । 

सम्मेलनमा भारतीय वैज्ञानिकहरुको एजेण्डा हिन्दु धर्मशास्त्रसँग सम्बन्धित सिद्धान्तहरु थियो । १०६ औं सम्मेलन जनवरी ३ देखि ७ सम्म भएको थियो । 

प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको कार्यक्रममा आन्ध्र विश्वविद्यालयका उपकुलपति नागेश्वर रायले कोषको खोजबारे धेरै वर्ष अगाडी हिन्दु धर्मका ग्रन्थमा उल्लेख गरेको बताएका थिए । 

रामायणमा रावणसँग २४ प्रकारको एयरक्राफ्ट भएको तथा श्रीलंकामा विमानस्थल नै भएकाले विमान पनि पश्चिमाहरुले भन्दा भारतीयले नै पहिला आविष्कार गरेको रायको तर्क थियो । 

तमिल नाडुको एक विश्वविद्यालयका वैज्ञानिकले न्युटन र आइन्स्टाइन दुवै गलत भएको भन्दै ‘ग्रयाभिटेसनल वेभ्स’को नाम परिवर्तन गरी ‘नरेन्द्र मोदी वेभ्स’ राख्नुपर्ने बताएका थिए । यस्तै डा. केजे कृष्णले न्युटन र आइन्स्टाइन दुवैको सिद्धान्त गलत र भ्रमपूर्ण रहेको बताए । 

भारतमा हुने वैज्ञानिकहरुको सम्मेलनमा हिन्दु धर्मका सिद्धान्तहरुको प्रयोग बढ्दो छ तर कतिपय वैज्ञानिकले यस्तो तर्क गर्नु वाहियात भएको भन्दै आलोचना गर्दै आएका छन् । 
 





  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार १२:४८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया