यस्तो आयो घनचक्करको ट्रेलर

नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ । फिल्म घनचक्कर १० असारमा सार्वजनिक हुँदैछ । 

काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २९ सेकेण्ड लामो ट्रेलर युवाको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ ।

जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तीमगर, दामोदर पौडल लगायतको अभिनय रहेको छ । 

कार्यक्रममा अभिनेता सरोज खनालले सिनेमामा काम गर्दा धेरै खुशी अनुभव गरेको बताए । उनले फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिलाउने पनि उनले बताए । 

त्यस्तै, अभिनेता सौगात मल्लले वरिष्ठ कलाकारसँग फिल्म खेल्न पाउँदा खुशी लागेको बताए । उनले फिल्मले नेपाली दर्शकलाई उर्जा थप्नेमा विश्वस्त रहेको बताए ।

सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजी लिम्बूको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपीन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङले सम्पादन गरेका हुन्





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १६:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया