सम्पत्ति सार्वजनिक गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई नेकपा एसको सातदिने निर्देशन
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई एक सातामा सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित भएका जनप्रतिनिधिलाई १७ जेठसम्म सम्पत्ति विवरण गर्न सार्वजनिक निर्देशन दिएको हो

पार्टी महासचिव बेदुराम भुसालले बुधबार निर्वाचन विशेष सर्कुलर जारी गर्दै भनेका छन्, 'जवाफदेहिता र पारदर्शिता जनताको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र हो जसले जनताको सेवामा समर्पित योद्धाहरूलाई उर्जा समेत प्रदान गर्दछ। तसर्थ, हाम्रो पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूले आगामी जेठ १७ गतेभित्र आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोला ।'





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १६:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया