\


नागरिकता विधेयक देशको आवश्यकता हो, सहमतिमा चाँडै पारित हुन्छ : मन्त्री कार्की
फरकधार / ११ जेठ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री कार्कीले नागरिकता विधेयक देशको आवश्यकताभित्र पर्ने बताएका छन् । 

उनले नागरिकता समस्या देशमा नराख्ने सरकारको स्पष्ट धारणा भएको भन्दै मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि सबैको सहमतिमा विधेयक चाँडै पारित गर्ने सोच सरकारले राखेको बताए ।

‘नागरिकता विधेयक अहिले मुलुकको आवश्यकताभित्र पर्दछ । नागरिकता समस्या हाम्रो देशमा नरहोस् भन्ने सरकारको स्पष्ट धारणा हो । हिजो नीति कार्यक्रममा पनि सबैको सहमतिमा नागरिक विधेयकलाई चाँडै पारित गर्ने दिशामा सरकारको सोच छ,' उनले भने ।

मन्त्री कार्कीले नागरिकता विधेयक सबैको सहमतिमा चाँडै पारित गरेर नागरिकताको समस्याबाट देशलाई मुक्त गराउन जरुरी रहेको बताए ।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १८:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया