बालेनलाई बधाई दिँदै करिश्माले भनिन् - युवाले राजनीतिमा चासो लिनु परिवर्तनको सुरुवात

अभिनेत्री तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले काठमाडौं महानगरपालिकाको मेयरमा विजयी घोषणा हुने क्रममा रहेका बालेन शाहलाई बधाई दिएकी छन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा एमालेमा प्रवेश गरेकी करिश्माले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनलाई बधाई दिएकी हुन् ।

‘काठमाडौं महानगरवासी जनताको रोजाइ, हुनै लागेका नयाँ मेयर बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ’ उनले लेखेकी छिन्। 
साथै उनले एमालेबाट उपमेयरमा निर्वाचित हुन लागेकी सुनिता डंगोललाई पनि बधाई दिएकी छिन् । 

युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात भएको उनको भनाइ छ । सबै लोकतान्त्रिक विचार राख्नेले नयाँ पुस्ताले गरेको यो ऊर्जाशील प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्ने करिश्माले उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो ।’





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १८:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया