लखनउलाई हराउँदै बैंग्लोर आइपिएलको क्वालिफायरमा

लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।

पराजित लखनउ भने लिगबाट बाहिरिएको छ । अब बैंग्लोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।

बुधबार राति भएको एलिमिनेटरमा बैंग्लोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो ।

उसका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । बैंग्लोरका जोश हाजलउडले सर्वाधिक तीन विकेट लिए  ।  

त्यसअघि कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो । 

उसका लागि रजत पाटीदारले शतकीय पारी खेले । उनले ५४ बलमा १२ चौका र सात छक्कासहित अविजित ११२ रन बनाए । लखनउका लागि कृणाल पाण्ड्या, मोहसिन खान, आवेश खान र रवि विश्नोईले एक/एक विकेट लिए ।  





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार ६:३९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया