अफगानिस्तानमा शृंखलाबद्ध विस्फोट, कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग-अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गत वर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि देशभर बम आक्रमणको संख्या घटेको थियो । तर, रमजानको पवित्र महिनामा धेरै घातक बम विस्फोटहरू भएका छन् । 

बुधबार उत्तरी सहर मजार–ए–सरिफमा छुट्टाछुट्टै मिनी बसहरूमा राखिएका तीनवटा बम विस्फोट हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको प्रहरी र स्वास्थ्य अधिकारीले बताएका छन् ।

‘बमहरू सहरका विभिन्न जिल्लामा तीनवटा मिनी बसहरूमा राखिएको थियो’, बाल्ख प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले भने । विस्फोटमा अन्य १५ जना घाइते भएका छन् । मारिनेहरूमा तीन जना महिला छन् । 

त्यस्तै, राजधानी काबुलस्थित एउटा मस्जिदमा अर्को वम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् । तर, काबुलको एक अस्पतालले सो विस्फोटमा मारिनेको संख्या पाँच पुगेको जनाएको छ । मस्जिदको पंखाभित्र बम राखिएको प्राप्त विवरणमा जनाइएको छ । 





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार ९:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया