नीति तथा कार्यक्रममा ओलीले लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए यस्तो जवाफ

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा सीमा विवाद समाधानका लागि पहल गर्ने उल्लेख रहेको बताएका छन् । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नीति तथा कार्यक्रमको १३९औँ बुँदामा छिमेकी राष्ट्रसँगको सीमा विवाद समाधान गर्ने उल्लेख रहेको जानकारी दिएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे नीति तथा कार्यक्रम मौन बसेको आरोप लगाएका थिए । त्यसपछि बोलेका एमालेका सांसदहरूले पनि नीति तथा कार्यक्रमले सीमा विवादबारे मौन बसेको आरोप लगाए । 

यसपछि छलफलमा सहभागी भएका कांग्रेसका सांसद प्रकाशमान सिंहले नीति तथा कार्यक्रममा सीमा विवाद समाधान गर्ने समेटिएको जानकारी दिए । ‘नीति तथा कार्यक्रमको १३९औँ बुँदामा ऐतिहासिक सन्धि, नक्सा, तथ्यका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषयमा समाधान गरिनेछ उल्लेख छ,’ उनले भने । 





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १५:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया