पक्राउ परेका अनेरास्ववियुका नेता रिहा

पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि विरुद्ध आन्दोलन गर्दा हेटौँडामा पक्राउ परेका अनेरास्ववियुका नेताहरु रिहा भएका छन् ।

बिहीबार बिहान मकवनापुर बहुमुखी क्याम्पस सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिव पुष्कर तिम्ल्सिना र युवा संघका रजकुमार घिमिरे रिहा भएका हुन् ।

अनेरास्वयुको मूल्यवृद्धि विरुद्धको कार्यक्रमअन्तर्गत जिल्लामा सरकारी सवारी आवतजावतमा रोक लगाउनले क्रममा उनी पक्राउ परेका थिए ।

उनीहरुले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनेरास्ववियुले विभिन्न चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम जारी राख्ने जनाएका छन् । अनेरास्वयुले मूल्यविरुद्ध देशभर सडक आन्दोलन गरिरहेको छ ।





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १७:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया