\
काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
यहाँ ७०० मत गन्न बाँकी रहँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ६१ हजार ३९० मत ल्याएका छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार १८७ मत ल्याएकी छन् । उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी थिइन् । त्यस्तै, नेकपा एमालेका केशव स्थापित ३७ हजार ९४४ मतसहित तेस्रो स्थानमा छन् ।
यता, उपमेयरमा सुनिता डंगोलले ६८ हजार मत कटाएकी छन् । उनले ६८ हजार २९० मत प्राप्त गरेकी छन् ।
उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका राजेन्द्र श्रेष्ठ निकै पछि छन् । उनले २३ हजार ६६१ मत ल्याएका छन् ।
मतको अन्तरका आधारमा मेयरमा बालेन र उपमेयरमा सुनिता विजयी भए पनि मतगणना नसकिएकाले घोषणा हुन बाँकी छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।