पुनः मतदानको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिट ‘हेर्न नभ्याइने’मा राखिएको छ । 

समयअभावका कारण सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिए पनि अन्ततः हेर्न नभ्याइनेमा राखिएको हो ।

सो मुद्दाका रिट निवेदक बलदेव चौधरी हुन् । उनी त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुखसमेत हुन् ।

निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी बनाउँदै दायर रिटमार्फत उनले जनप्रेमी आधारभूत मतदान केन्द्रमा फेरि मतदानको माग गरेका छन् । 

‘असहज र वर्षातको कारणले गर्दा ४ः३० बजे मतदान स्थगित गरिएको छ । पुनः मतदान यसै ठाउँमा प्रारम्भ हुनेछ’, निर्वाचन अधिकृतको कार्यालयले त्यस्तो व्यहोराको सूचना टाँसेर ३० वैशाखमा मतदान स्थगित गरिएको थियो ।

मतदानको समय भए पनि स्थगित गरिएको र फेरि मतदानको माग चौधरीले गरेका हुन् । 



चौधरीले भनेका छन्, ‘मतदान गर्ने मतदाताको अधिकार हो । मतदाताले आफ्ना प्रतिनिधि चुन्ने र चुनिने अधिकार पाउनुपर्छ । तर, मतदान आफैँ स्थगित गरेर नगरिँदा थुप्रै मतदाता छुटे । त्यही भएर फेरि मतदानको माग मैले गरेको हुँ ।’

फेरि मतदानको माग गर्दै प्रदेश सांसद सुनिता चौधरीले पनि उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छिन् र रिटमा कारण देखाउ आदेश जारी भइसकेको छ । यद्यपि, अहिले मतगणना जारी छ । 



  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १९:६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया