इरानमा एक व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिमी शहर अबादानमा १० तले भवन भत्किँदा सो क्षति भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिहीबार इरानको अर्ध–सरकारी समाचार संस्था, आइएसएनएले जनाएको छ ।
दुर्घटनामा परी ३७ जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । इरान सरकारले उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने जनाएको छ । उद्धार कार्यमा लगभग दुई हजार उद्धारकहरू संलग्न रहेको बताइएको छ ।
मंगलबार उक्त भवनका मालिक र ठेकेदारको पनि हत्या भएको थियो । हत्यामा संलग्नताको आशंकामा १० जनालाई पक्राउ गरिएको मिजान समाचार संस्थाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।