एमाले महासचिवले भने– निजगढ विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसला त्रुटिपूर्ण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसला गलत भएको बताएका छन् ।  

उनले आज बिहान सामाजिक सञ्जालमार्फत निजगढमा विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसला त्रुटिपूर्ण र राष्ट्रिय हितविरुद्ध रहेको बताएका हुन् । ‘राजधानी काठमाडौंको भविष्यको आवश्यकतालाई दृष्टिगत गरी निजगढमा फास्ट ट्रयाकसहित बनाउन लागिएको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउनेगरी सर्वोच्च अदालतले गरेको फैसला न्यायिक दृष्टिले त्रुटिपूर्ण र राष्ट्रिय हित विरुद्धमा छ,’ पोखरेलले फेसबुकमा लेखेका छन् । 

कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको महासचिव पोखरेलको भनाइ छ । उनले सर्वोच्चको निर्णयले फास्ट ट्रयाकमा भएको लगानीलाई समेत डुबाउने र मुलुकलाई आर्थिक संकटमा फसाउने पनि उल्लेख गरेका छन् । 

‘वातावरणमा पर्ने असरको प्रतिस्थापन गर्ने कानुनी व्यवस्थाको पालनामा ध्यान दिनुको साटो कार्यकारीको भूमिकामा नै हस्तक्षेप गरी निर्माण कार्यमा नै रोक लगाउनु बुझि नसक्नुको न्यायिक सकृयता हो । यसप्रकारको फैसलाले न्यायिक प्रणालीप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउँछ । राष्ट्रिय सामर्थ्यको निर्माणको संकल्पमा समेत वाधा पुर्याउँछ । सबै सरोकारवाला गम्भीर र जिम्मेवार बनौँ,’ पोखरेलले लेखका छन् । 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ७:४४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया