आइपिएलको फाइनल प्रवेशका लागि राजस्थान र बैंग्लोर भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज हुने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर प्रतिस्पर्धा गर्दैछन् । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियमा हुने खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ । 

यो खेलको विजेताले फाइनलमा गुजरात टाइटन्सको सामना गर्दा पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ । राजस्थान पहिलो क्वालिफायरमा गुजरातसँग पराजित भएको थियो भने बैंग्लोरले एलिमिनेटरमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो । 

सन् २००८ को पहिलो संस्करण जिते यता फाइनल पुग्न नसकेको राजस्थान आज बैंग्लोरलाई पराजित गर्दै त्यो खडेरी तोड्न चाहन्छ । हालसम्म उपाधिविहीन बैंग्लोर आज राजस्थानलाई हराएर सन् २०१६ पछि फाइनल पुग्दै उपाधि सम्भावना कायमै राख्न चाहन्छ । उसले हालसम्म तीन फाइनल खेलेको छ ।

हालसम्म यी दुईले २७ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा राजस्थान ११ र बैंग्लोर १३ खेलमा विजयी हुँदा तीन खेल बिना नतिजा टुङ्गिएको छ । यो सिजन भएका दुई भेटमध्ये यी दुईले एक/एक खेल आफ्नो पक्षमा पारेका छन् । राजस्थान २९ रन र बैंग्लोर चार विकेटले विजयी भएका थिए ।  
 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ११:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया