Sat, 19 Oct, 2019


मलेसिया जान इच्छुक कामदारले अझै दुई महिना कुर्नुपर्ने
फरकधार / पुस २४, २०७५

काठमाडौं– मलेसियाले विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन नआएसम्म नेपाली कामदार आपूर्ति गर्न नसकिने बताएको छ । सो प्रतिवेदन आउन अझै दुई महिना लाग्ने भएकाले सो अवधिसम्म नेपाली कामदार आपूर्तिको समस्या समाधान नहुने देखिएको छ ।



मलेसिया सरकारले गठन गरेको कार्यदलले विदेशी कामदार लिनेसम्बन्धी नीति तय गर्न अहिले काम गरिरहेको र सो प्रतिवेदन आएपछि नेपाली कामदार आपूर्ति सुरु हुने मल्ेसियाका मानव संशाधन राज्यमन्त्री महफुज ओमारले बताएका छन् ।

उनले सो प्रतिवेदन छलफलकै चरणमा रहेको भन्दै वैदेशिक कामदारसम्बन्धी नीति सोही कार्यदलको सुझाबअनुसार तय हुने बताए । उनले कामदार अभावको समस्या सुल्झिनेमा आफुहरु विश्वस्त रहेको बताए ।

गत जेठदेखि नेपालबाट मलेसियमा कामदार आपूर्ति बन्द छ । मलेसियासँग श्रम समझदारी भएपनि त्यसअुसार कामदार लैजाने प्रक्रियाबारे सहमति जुटेको छैन । मलेसियाले पुरानै संयन्त्रमार्फत कामदार लैजान अनुरोध गरेपनि नेपाल सरकारले त्यसलाई अस्वीकार गरको थियो ।

हाल श्रममन्त्री गोकर्ण विष्टले भिसा प्रक्रियामा आवद्ध पुराना भेन्टर परिवर्तन गर्न र आफूनिकटलाई दिलाउन कामदारलाई मलेसिया जान नदिएको आरोप राजनीतिक तवरबाटै लाग्ने गरेको छ । तर, मलेसियाले नयाँ कामदार नीति नबनी नेपालबाट कामदार नलैजाने प्रस्ट पारेको छ ।

कामदारमाथि बिचौलिया संयनन्त्र खडा गरेरेर ठगी गर्ने कम्पनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सोही भण्डारमार्फत कामदारमा मलेसिया पठाउन नसकिने जवाफ श्रम मन्त्रालयले दिएको थियो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्