डोटीको सायल गाउँपालिका–१ तेल्परामा आज बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
सायलबाट दिपायलतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १३३४ नम्बरको जिप बिहान साढे १० बजे अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाइते भएका सबैलाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ । घाइतेमध्ये कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका बस्ने ५० वर्षीया धारु सुनारको अवस्था गम्भीर रहेको छ ।
जिप चालकलाई इलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।