इन्धनको मूल्यवृद्धि विरोधमा हेटौंडामा एमाले भातृसंगठनहरूको सिठ्ठी जुलुस [तस्बिरहरू]

बागमती प्रदेशको राजधानी हेटौंडामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सिठ्ठी जुलुस गरिएको छ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायत भ्रातृ संगठनहरूले संयुक्त रूपमा सिठ्ठी बजाएर मूल्यवृद्धिको विरोध प्रदर्शन गरेका हुन् ।

मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसबाट सुरु भएको सिठ्ठी जुलुस बुद्धचोकमा कोणसभा गरिएको थियो । जुलुसमा सहभागीहरूले ‘मूल्यवृद्धि फिर्ता गर,’ ‘सडक हामी तताउँछौँ, मूल्य वृद्धि घटाउँछौँ,’ ‘परमादेशी सरकार राजीनामा दे, नालायक सरकार होसियार’ लगायत नारासमेत लगाएका थिए ।

मूल्यवृद्धिको विरोधमा एमालेनिकट भातृ संगठनले दैनिक प्रदर्शन गर्दै आएका छन् । पार्टीको केन्द्रीय सर्कुलरअनुसार जुलुसमा सहभागीहरूले पहिलो दिन हेटौंडाको बुद्धचोकमा खाली ग्यास सिलिण्डर प्रदर्शन गर्दै सडकमा चुल्हो बनाएर चिया बनाएर खाएका थिए । संगठनले दोस्रो दिन सरकारी सवारीको साँचो (चाबी) नियन्त्रणमा लिएको थियो ।

तस्बिरमा एमाले भातृसंगठनहरूको सिठ्ठी जुलुस :





 

 

  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १३:३६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया