बनेपा– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाएका छन् ।
नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता थापाले भने, ‘संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षाअनुसार काम हुन सकेन ।’
सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी पाउने स्थिति बनाउन नसकेको भन्दै उनले भने, ‘न युवाले बाहिर काम गर्न जान पाएको छ, न त देशमा नै बसेर काम गर्न पाएको छ ।’
नेता थापाले नियमअनुसार संसद्मा सांसदहरुले प्रस्ट हुनको लागि प्रश्न सोध्न पाउँने र प्रधानमन्त्रीले त्यसको उत्तर दिनुपर्ने बताए । प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई मद्दत गरिरहेको उल्लेख गर्दै उनले ‘प्रधानमन्त्री सदनमा कुरा राख्न आउने, तर त्यसमा उठेको कुराको प्रश्न राख्न नदिने कस्तो खालको नीति हो ?’ भन्ने प्रश्न गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका वडा सभापति योगराज दाहालले केन्द्रमा विभिन्न नेताको गुटगत राजनीतिका कारण पार्टी कमजोर भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।