बालेनलाई शुभकामना दिँदै प्रदीपले भने - मतदाता स्पष्ट विचार र भिजनसहितको सहयात्री चाहन्छन्

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बालेन शाहको सफलताले मतदाताले जनप्रतिनिधिका रूपमा स्पष्ट विचार र भिजनसहितको सहयात्री चाहन्छ भन्ने प्रष्ट भएको बताएका छन् ।

काठमाडौंको मेयरमा निर्वाचित भएका बालेन शाहलाई सफल कार्यकालको शुभकामना दिँदै नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले कांग्रेस पनि आगामी दिनमा अझ परिष्कृत हुँदै जाने उल्लेख गरेका छन् । उनले आममतदाताको चाहनाको उच्च कदर गर्दै कांग्रेसले मतदातासँगै सहकार्य गरेर अगाडि बढ्न चाहेको पनि बताएका छन् ।

'बालेन्द्र शाहको सफलताले भन्छ - महानगरका मतदाता जनप्रतिनिधिको रुपमा स्पष्ट विचार र भिजनसहितको सहयात्री चाहन्छन् । उहाँलाई सफल कार्यकालको अग्रिम शुभकामना । नेपाली कांग्रेस पनि आगामी दिनहरुमा अझ परिष्कृत हुँदै आम मतदाताहरूको चाहनाको उच्च कदर गर्दै तपाईंहरूसँगै सहकार्य गरिरहनेछ' उनले भनेका छन् ।

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका शाहले भारी मतका साथ आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचित भएका छन् । 

मेयरमा निर्वाचित शाहले ६१ हजार ७६७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जन सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १५:४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया