१० दिनभित्रमा प्रतिवेदन बुझाउन संसदीय समितिको निर्देशन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिअन्तर्गतका उपसमितिलाई १० दिनभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन संसदमा बुझाउनुपर्ने भएकाले विभिन्न उपसमितिले समितिलाई बुझाउनुपर्ने प्रतिवेदन १० दिनभित्र बुझाउन निर्देशन दिएको हो । 

उपसमितिले समितिलाई प्रतिवेदन बुझाइसकेपछि समितिको वार्षिक प्रतिवेदन संसदमा पेश गरिने निर्णय गरिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बमल प्रसाद श्रीवास्तवले बताए । 

‘यो समितिले वार्षिक प्रतिवेदन चालु संसदमा बुझाउनुपर्ने भएको हुनाले यो समिति अन्तर्गतका विभिन्न उपसमितिले आ–आफ्नो प्रतिवेदन केहीले बुझाइसक्नुभएको छ । केहीले बुझाउन बाँकी रहेको हुनाले १० दिनभित्र समितिमा उपसमितिको प्रतिवेदन बुझाइदिनको निम्ति आजको बैठकले निर्णय गर्‍यो,' उनले भने । 

समितिले विभिन्न मन्त्रालयहरूका विषयमा समितिमा परेको निवेदन अनुसार आवश्यक कारबाहीका लागि संसदको बजेट सेसन सकिएपछि सम्बन्धित मन्त्रालयहरूमा पठाउने र सम्बन्धित मन्त्री, सचिव तथा आवश्यक पदाधिकारीलाई समितिमा बोलाएर छलफल गर्ने पनि निर्णय गरेको छ ।   





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १५:३१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया