प्रचण्डको दाबी– मिलिजुली काम गर्न कांग्रेस सहमत

चितवन– सत्तारुढ दल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारसँग मिलेर काम गर्न सहमत भएको दाबी गरेका छन् ।

चितवनको पुनर्निर्माणबारे मंगलबार भएको छलफलमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायत नेताबीच सोमबार भएको छलफलमा राष्ट्रिय मुद्दामा मिलिजुली काम गर्ने सहमति भएको उनले बताए । ‘हिजो देउवासहित वरिष्ठ नेताहरुसँग छलफल भयो,’ अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्रिय मुद्धामा सहमति गरेर जाने कुरा भएको छ ।’

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले जिल्लामा पुनर्निर्माणको कामलाई तीव्रता दिइने बताए । भूकम्पले क्षति गरेका १४ जिल्लालाई पहिला प्राथमिकतामा राखेर पुर्ननिर्माण गरिएको उल्लेख गर्दै उनले भने, ‘अब १७औँ जिल्लाका रुपमा रहेको चितवनको पुनर्निर्माणले गति लिन्छ ।’





  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार १६:५६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया