प्रचण्डले ओलीलाई दिए चुनौती– एमालेबाट प्रधानमन्त्री भएर देखाउनु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमालेबाट प्रधानमन्त्री बन्न चुनौती दिएका छन् । यसका लागि उनले सर्त राखेका छन्– एमालेले कुनै पार्टीसँग गठबन्धन, सहकार्य गर्न पाउँदैन ।

प्रतिनिधिसभाको बैठककमा शनिबार सरकारको आगामि वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन् । 

उनले विगतमा पनि एमाललेले सरकार माओवादीको साथ र सहयोग भएकाले मात्र बनेको बताएका छन् । उनले ओली प्रधानमन्त्री बन्दा माओवादी केन्द्रले साथ दिएको कुरा स्मरण गराएका छन् ।

अब एमालेबाट एक्लै प्रधानमन्त्री बनेर देखाउन उनले चुनौती दिएका हुन् । ओली दुवैपटक प्रधानमन्त्री बन्दा माओवादीको सहयोग रहेको पनि उनले बताएका छन् ।

‘हाम्रो प्रतिपक्षको दलको नेता जसलाई मैले नै सहयोग गरेँ, माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो,’ प्रचण्डले भनेका छन्, ‘पहिलो चोटी पनि तपाईं माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएको हो, दोस्रो पटक पनि हाम्रो भोटले हुनु भएको हो । अब देखाउनुहोस् त, अबको चुनावबाट प्रधानमन्त्री बनेर देखाउनुहोस्, तपाईंलाई मानिन्छ । तपाईं एमालेकाके हुनुहोला ।’

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पदमा रहेको बेला ओलीले दीर्घकालीन रूपमा बस्नको लागि व्यवस्था गरेको उल्लेख गर्दै दाहालले विगतको पाठबाट सिक्न सुझाव दिए ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १२:५२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया