प्रचण्डले भने– एमालेमा ओलीबाहेक सबैसँग मिल्न सकिन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका सबै नेता तथा कार्यकर्तासँग मिल्न कुनै अप्ठ्यारो नभएको बताएका छन् । तर, नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नै नसकिने उनले बताएका छन् । 

उनले ओलीमा धेरै अहंकार र निषेधात्मक प्रवृत्ति रहेको पनि बताएका छन् ।

शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भनेका छन्, ‘अहंकार यति धेरैै नहुने हो भने अरु सबै एमालेका नेता तथा कार्यकतासँग मिलेर काम गर्न सक्ने देख्छु ।’

तर, ओलीको व्यवहारका कारण एमालेसँग मिलेर काम गर्न नसकिने अवस्थामा आफूहरु रहेको पनि उनले बताएका छन् । ‘उहाँले जस्ता शब्दहरु प्रयोग गर्नुभयो,’ उनले भनेका छन्, ‘त्यसबाट म अझै चिन्तित भएको छु ।’

उनले यसअघि ओलीको सम्बोधनमा आफूले वामपन्थको कुरा आउन सक्ला भन्ने अनुमान गरेको तर त्यस्तो नभएको पनि बताएका छन् ।

यही सम्बोधनमा प्रचण्डले ओलीलाई एमालेबाट प्रधानमन्त्री बन्न चुनौती दिएका छन् । यसका लागि उनले सर्त राखेका छन्– एमालेले कुनै पार्टीसँग गठबन्धन, सहकार्य गर्न पाउँदैन ।



प्रतिनिधिसभाको बैठककमा शनिबार सरकारको आगामि वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन् । 

उनले विगतमा पनि एमाललेले सरकार माओवादीको साथ र सहयोग भएकाले मात्र बनेको बताएका छन् । उनले ओली प्रधानमन्त्री बन्दा माओवादी केन्द्रले साथ दिएको कुरा स्मरण गराएका छन् ।



अब एमालेबाट एक्लै प्रधानमन्त्री बनेर देखाउन उनले चुनौती दिएका हुन् । ओली दुवैपटक प्रधानमन्त्री बन्दा माओवादीको सहयोग रहेको पनि उनले बताएका छन् ।

‘हाम्रो प्रतिपक्षको दलको नेता जसलाई मैले नै सहयोग गरेँ, माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो,’ प्रचण्डले भनेका छन्, ‘पहिलो चोटी पनि तपाईं माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएको हो, दोस्रो पटक पनि हाम्रो भोटले हुनु भएको हो । अब देखाउनुहोस् त, अबको चुनावबाट प्रधानमन्त्री बनेर देखाउनुहोस्, तपाईंलाई मानिन्छ । तपाईं एमालेकै हुनुहोला ।’

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पदमा रहेको बेला ओलीले दीर्घकालीन रूपमा बस्नको लागि व्यवस्था गरेको उल्लेख गर्दै दाहालले विगतको पाठबाट सिक्न सुझाव दिए ।

  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १३:२२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया