निजगढ विमानस्थल निर्माण रोक्ने फैसलाको पुनरावलोकन गर्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गरेका छन् । 

शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले निजगढ विमानस्थल निर्माण रोक्ने फैसला अनौठो र दुःखद रहेको टिप्पणी गरेका हुन् । 

जंगल नै नभएको ठाउँमा जंगल भएको दाबी गरिएको भन्दै उनले आश्चर्य व्यक्त गरे । विमानस्थल बनाउन गरिएको कैयौँ वर्षदेखि मेहनत खेर गएको भन्दै फैसलामाथि पुनरावलोकन गरिनुपर्ने जिकिर गरे ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १३:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया