बजेट कोरोनाबाट थलिएको अर्थतन्त्र उकास्ने हुनुपर्छ : प्रेमबहादुर पुलामी

नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले आउँदो बजेट कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्ने किसिमको हुनुपर्ने र आयातलाई घटाउने तथा निर्यातलाई बढाउने हुनुपर्ने बताएका छन् । 

शनिबार बागमती प्रदेशसभामा प्रदेशमा बोल्दै उनले बजेटलाई कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राख्दै समाजवाद उन्मुख अर्थतन्त्र हुनुपर्ने बताए ।

उनले स्थानीय निर्वाचनमा गठबन्धन गर्नुको उद्देश्य सत्ता हत्याउन नभई प्राप्त उपलब्धि जोगाउनु रहेको बताए । हालै सम्पन्न स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको टीका टिप्पणी धेरै भएको भन्दै उनले प्राप्त उपलब्धि जोगाउन गठबन्धन भएको दाबी गरे ।

उनले भने, 'गठबन्धन गर्यो,गठबन्धनले धेरै सिट जित्यो । किन जित्या भनेर यहाँ प्रश्नहरु गरिरहेको हामीले सुनिराखेका छौँ । म उहाँहरूसँग आग्रह गर्न चाहन्छु । गठबन्धन गर्नुको मुख्य कारण भनेको पनि 'हाउ सत्ता हत्याउ' हैन कि 'एनी हाउ उपलब्धि जोगाउ' थियो । यहाँहरुलाई म नआत्तिन पनि आग्रह गर्न चाहान्छु, यो सुरुवात मात्रै हो ।'





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १३:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया