काठमाडाैं– सार्क चेम्बर महिला उद्यमी परिषद् नेपाल (एससिडब्लुसी) ले पुस २७ गते राजधानीमा उत्कृष्ट नेपाली उद्यमी अवार्ड कार्यक्रम गर्ने भएको छ ।
परिषद्की उपाअध्यक्ष रीता भण्डारीका अनुसार कार्यक्रममा अन्तिम चरणमा पुगेका १० प्रतिस्पर्धी महिला उद्यमीमध्ये एकजनालाई सर्वोकृष्ट नेपाली उद्यमीको उपाधि दिइनेछ ।
बिजेताले २०७५ फागुन १८ गते श्रीलंकाको कोलोम्बोमा आयोजना हुने उत्कृष्ट सार्क महिलाउ द्यमी पुरस्कार २०१८ मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन् ।
सार्क उत्कृष्ट महिला उद्यमी पुरस्कार २०१८ को मुख्य उद्देश्य सार्क क्षेत्रका यस्ता महिलालाई सम्मान गर्नु हो, जसले सिर्जनशील भई आफ्नो राष्ट्रको सामाजिक, आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेका छन् ।
सार्क चेम्बर महिला उद्यमी परिषद् सार्क चेम्बर अफ कमर्स एवं इन्डस्ट्रिको एउटा गतिशील परिषद् हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।