उदय सोताङको आवाजमा ‘कहाँ बित्छ र जिन्दगी’ सार्वजनिक (भिडियोसहित)

गायक उदय सोताङको स्वरमा रहेको गीत ‘कहाँ बित्छ र जिन्दगी त्यति सहजै’ सार्वजनिक भएको छ। पुराना गीतकार शेखर ढुंगेलको शब्दमा रहेको उक्त गीतमा संगीत पनि स्वयं गायकको छ । 

लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार ढुंगेलको यस गीतको भिडियो आर्टिस्ट नेपाल नेटवर्क प्रालिको ब्यानरमा तयार भएको हो। 

यस गीतको भिडियोमा रोशन सुवेदी, अपेक्षा खड्का र बालकलाकार सार्थ पण्डितको अभिनय छ। भिडियोमा गीतकार शेखर पनि आफैँ फिचर्ड भएका छन्।

सचिन सिंहको संगीत संयोजन तथा मित्र लामाको मिक्सिङ रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन नव ढुंगेलले गरेका हुन् भने छायांकन अमृत सुनुवार र सम्पादन माधव बेलबासेले गरेका छन् । 

आर्टिस्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १९:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया