राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताएका छन् ।
विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा बृहत् आमसभामा उनले राजनीति भनेको राष्ट्रसेवा भएकाले भ्रष्टाचार नगरी जनताको हितमा कार्य गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष लिङ्देनले राप्रपाले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेका कारण स्थानीय पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले भ्रष्टाचार नगर्ने संकल्प गरी पदभार ग्रहण गर्ने गरेको उदाहरण देखिएको बताए ।
अध्यक्ष लिङ्देनले मुलुकको ठोस नीति नभएका कारण महँगी वृद्धि भइरहेको चर्चा गर्दै यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी रहेको धारणा राखे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।