उदयपुरको त्रियुगामा मतान्तर बढाउँदै कांग्रेस, उपमेयरमा एमालेले अग्रता लियो

उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका मेयर उम्मेदवार वसन्त बस्नेतले १० हजार ७१४ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका भागवत राउतले ८ हजार ७७७ मत ल्याएका छन् । उनी र बस्नेतबीचको मतान्तर १ हजार ९३७ छ । 

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार रहेका वलदेव चौधरीले ७ हजार ४१० मत पाएका छन् । उपमेयरमा एमालेकी उपमेयर उम्मेदवार महेश्वरी राईले ९ हजार ६६६ मतका साथ अग्रता लिएकी छन् । उनलाई पछ्याइरहेकी कांग्रेसकी सरिता राईले ९ हजार ५०० मत पाएकी छन् ।  

सुरुवातदेखि नै अगाडि रहेकी सरितालाई महेश्वरीले आज बिहान पछि पारेकी हुन् । तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी गीता खड्का कार्कीले ५ हजार ६ सय ४३ मत पाएकी छन्  । नगरमा कुल ६० हजार ४६ मतदातामध्ये ४० हजार १७९ मत खसेको थियो । 

त्रियुगा नगरपालिका उदयपुरको सदरमुकाम हो । मतदानपछि विवाद भएकोले यहाँ ढिलो गरी मतगणना सुरु भएको हो । 
 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ७:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया