दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ अगाडि बढ्न उपराष्ट्रपतिको आह्वान

उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनमा चुनौती रहिरहने बताएका छन् । त्यसका लागि दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ अगाडि बढ्न उनले आह्वान पनि गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पुनले भनेका छन्, ‘यति गर्न सकियो भने जनताको जीवन परिवर्तन तथा देशको विकास र समृद्धिमा कुनै ढिला हुँदैन । यसबाट जनतामा उत्साह थपिनेछ र गणतन्त्रप्रति विश्वास बढ्नेछ ।’

उनले गणतन्त्रप्रति जनताको प्रगाढ विश्वास हुँदा मात्रै यसको रक्षाका लागि बलिदान भाव जागृत हुनसक्ने बताएका छन् । ‘यसतर्फ म सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ पुनले भनेका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ७:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया