१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

गणतन्त्र दिवसको अवसरमा सुर्खेतमा प्रभातफेरी [तस्बिरहरू]

१५ औं गणतन्त्र दिवसका अवसरमा सुर्खेतमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको प्रभातफेरी सभा हलमा पुगेर सभामा परिणत भएको थियो ।


संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता अझ सुदृढ गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न उर्जा मिलोस् भन्दै प्रदेश प्रमुख तिलक परियारले गणतन्त्र दिवसको शुभकामना दिए ।



मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हाल्नु संविधान कार्यान्वयनको ठूलो उपलब्धि भएको बताए । उनले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्नका लागि गणतन्त्र दिवसले प्रेरणा मिलोस् भन्ने विश्वास व्यक्त गरे ।  





  • प्रकाशित मिति : १५ जेठ, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया