नयाँ आइफोनको रियरमा मात्रै तीन क्यामेरा हुने

काठमाडौं– अमेरिकी टेक कम्पनी याप्पलले केही महिनअघिमात्र नयाँ तीन प्रकारका आइफोन सार्वजनिक गरेको थियो । त्यो सार्वजनिक कार्यक्रममा कम्पनीले भनेको थियो, अब ऊ फाइभजी अर्थात् पाँचौ जेनेरेसनका लागि फोनमा काम गर्ने छ । 

टेक वेबसाइट डिजिटको एउटा रिपोर्ट अनुसार आइफोन ११ का केही रेकर्डहरु बाहिर आएका छन् । खुलासा भएका ती रेकर्डअनुसार अबको आइफोनको रियरमा तीनवटा क्यामेरा हुनेछन् । रियरमा तीन क्यामेरा राखेर आइफोन निकाल्न लागेको यो पहिलो पटक हो ।

रिपोर्टका अनुसार अबको आइफोनको नाम आइफोन एक्सआइ राखिने सम्भावना बढी छ । त्यस्तै, अब आउने आइफोन वर्गाकार सेपमा हुने पनि रिपोर्टमा जनाइएको छ । याप्पलले थ्रिडी क्यामेरा राखेर पनि आइफोन निकाल्न सक्ने अनुमान उक्त रिपोर्टमा गरिएको छ ।
 





  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार २०:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया