हेटौंडा नगरकार्यपालिका सदस्यमा एमालेका ८ जना निर्वाचित
फरकधार / १५ जेठ, २०७९

हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन् । निर्वाचित सबै नेकपा एमालेका हुन् । आइतबार सम्पन्न मतदानबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् । 



निर्वाचित नगरसभा सदस्य ९७ जनाबाट ५ जना महिला र दलित तथा अल्पसंख्यक बाट ३ जना निर्वाचित गरी नगर कार्यपालिकालाई पूर्णता दिने कानुनी व्यवस्था छ । हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ बाट नेकपा एमालेको ५१ जना र गठबन्धन दल बाट ४६ जना सदस्य निर्वाचित भएका थिए ।

हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिकाको महिला सदस्य एमालेबाट निर्वाचित ५ जनामा ईश्वरी विश्वकर्मा, पातलीमाया गोङवा, मञ्जु भुर्तेल, रुकमणी गोङवा र साधना श्रेष्ठ रहेका छन् । निर्वाचित ५ जनाले ५०–५० मत प्राप्त गरेका हुन् । 



त्यसैगरी नगर कार्यपालिकाको लागि दलित वा अल्पसङ्ख्यकतर्फ ६ उम्मेदवारमध्ये ३ जना एमालेकै उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अर्जुनबहादुर राई, वीरबहादुर विश्वकर्मा र शंकर राई रहेका छन् । निर्वाचित सबैले ५०–५० मत प्राप्त गरेका हुन् ।



  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १६:५८:३६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया