२१० मेगावाटको चैनपुर-सेती आयोजनालाई कार्यान्वयनमा लगिने

बझाङको २१० मेगावाटको चैनपुर–सेती आयोजनालाई कार्यान्वयनमा लगिने भएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो आयोजनालाई अगाडि बढाउने बताएका हुन् । 

यो आयोजना साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकाको बस्तीमा निर्माण हुनेछ । त्यस्तै, अर्थमन्त्री शर्माले पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनको निर्माण कार्य अगाडि बढाउन नेपालको तर्फबाट गरिने तयारी कार्यलाई तीव्रता दिइने बताए ।  





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १८:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया