शेयर बजारमा गैर आवासीय नेपालीको लगानी खुल्ला गर्न सरकारले कानुनी व्यवस्था मिलाउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट भाषण गर्दै गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीले पनि लगानी गर्ने वातावरण बनाउने बताएका हुन् ।
त्यस्तै, सेयरको प्राथमिक निष्काशनमा वैदेशिक रोजगारीमा रहेकाले १० प्रतिशत आरक्षण पाउने भएका छन् ।
'धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुल्ला गर्न कानुनी व्यवस्था मिलाइने छ । वैदेशिक रोजगारमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षण गर्ने व्यवस्था मिलाएको छु' उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।