सहरको रक्षा गर्न नसकेको भन्दै युक्रेनी राष्ट्रपतिले गरे सुरक्षा प्रमुखलाई बर्खास्त

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् । दोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन् । 

खार्किभ भ्रमणका क्रममा जेलेन्स्कीले उत्तरपूर्वी सहरका सुरक्षा प्रमुखलाई बर्खास्त गरेको घोषणा गरेका छन् । सहरको रक्षा गर्न काम नगरेको र आफ्नो बारेमा मात्र सोचेको आरोप लगाउँदै जेलेन्स्कीले ती सुरक्षा प्रमुखलाई बर्खास्त गरेका हुन् ।  

अन्य सुरक्षा अधिकारीले धेरै प्रभावकारी रूपमा काम गरेको तर बर्खास्त गरिएका सुरक्षा प्रमुखले केही नगरेको उनको भनाइ थियो ।

राष्ट्रपतिले ती अधिकारीको नाम नखुलाए पनि युक्रेनी सञ्चारमाध्यमले उनी खार्किभ क्षेत्रको एसबीयू सुरक्षा सेवाका प्रमुख रोमन दुदिन भएको जनाएका छन् । 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार ६:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया