कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख १० हजार विद्यार्थी सहभागी
फाइल तस्बिर

कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा २५ जेठसम्म हुनेछ । 

बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो । 

परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डका प्रादेशिक कार्यालयले जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार ६:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया