उदयपुरको कटारीमा ट्रक दुर्घटना, चालकसहित चार जनाको मृत्यु

उदयपुरको कटारी नगरपालिकाको चनौटमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिद्धीचरण लोकमार्गअन्तरगत पर्ने कटारी–१४ भदौरेस्थित चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ना‍ ८ ख ८२९७ नम्बरको ट्रक आज बिहान दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी चालक सुजित घलान, सहचालक नितेश खड्का, ट्रकमा सवार अनुज लामा र ३७ वर्षीय राजन तामाङको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ट्रक सडकबाट करिब एक सय मिटर खसेको छ । 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार ९:२१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया