आफूमाथि दुर्व्यवहार भएको भन्दै ‘कबड्डी ४’ की नायिकाले दिइन् प्रहरीमा उजुरी

प्रदर्शनरत नेपाली चलचित्र ‘कबड्डी ४’ की एक नायिका आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीकहाँ पुगेकी छन् । काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रूपमा छोएको भन्दै उनी अभद्र व्यवहारको कसूरमा जाहेरी दिन प्रहरी वृत्त, जनसेवा पुगेका हुन् । 

उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका फुर्वा लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ । प्रत्यक्षदर्शीले नायिकाले ती युवकलाई झापड हानेको पनि बताएका छन् । पक्राउ परेका लामाले भूलबस छोएको दाबी गरेका छन् । 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १२:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया