काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् ।
उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका हुन् । उपमेयर डंगोलले नेपाल भाषामै सपथ लिइन् । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिएकी हुन् ।
मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।