गुजरात टाइटन्सले डेब्यु सिजनमै इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उपाधि जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियमा गएराति भएको फाइनलमा राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै गुजरात पहिलो सहभागितामै विजेता बनेको हो ।
राजस्थान भने दोस्रोपटक उपाधि जित्न चुक्यो । राजस्थानले पछिल्लोपटक सन् २००८ मा उपाधि जितेको थियो । डेब्यु सिजन जितेको उसले त्यसयता उपाधि हात पार्न सकेकाे छैन ।
जित निकाल्ने क्रममा १३१ रनको सामान्य लक्ष्य गुजरातले १८.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । सअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३० रन जोडेको थियो ।
जितसँगै गुजरातले २० करोड भारू पुरस्कार प्राप्त गर्दा उपविजेता राजस्थानले १२ करोड भारू प्राप्त गरेको छ ।
त्यस्तै, तेस्रो भएको रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले ७ करोड भारू पाएको छ । चौथो स्थान हासिल गरेको लखनउ सुपर जायन्ट्सले ६.५ करोड भारु प्राप्त गर्यो ।
व्यक्तिगततर्फ कसले कुन अवार्ड र कति पुरस्कार पाए (भारुमा)
इमर्जिङ प्लेयर– उमरान मलिक(सनराइजर्स हैदराबाद)–१० लाख
ओरेन्ज क्याप(८६३ रन)– जोस बटलर(राजस्थान रोयल्स)–१० लाख
पर्पल क्याप(२७ विकेट)– युजवेन्द्र चहल(राजस्थान रोयल्स)–१० लाख
सुपर स्ट्राइकर अफ दि सिजन (१८३.३ स्ट्राइक रेट)– दिनेश कार्तिक(रोयल च्यालेन्जर्स बौंग्लोर)– टाटा पन्च कार
सर्वाधिक छक्का(४५)– जोस बटलर–१० लाख
गेम चेन्जर अफ दि सिजन– जोस बटलर– १० लाख
पावर प्लेयर अफ दी सिजन– जोस बटलर– १० लाख
मोस्ट भ्यालुएबल प्लेयर(३८७.५ अंक)– जोस बटलर– १० लाख
फास्टेट डेलिभरी अफ दी सिजन(१५७.३ किलोमिटर प्रतिधण्टा)– लोकी फर्गुसन(गुजरात टाइटन्स)–१० लाख
सर्वाधिक चौका(८३)–जोस बटलर–१० लाख
क्याच अफ दि सिजन– इभिन लुइस(लखनउ सुपर जायन्ट्स)–१० लाख
फेयर प्ले अवार्ड अफ दि सिजन– गुजरात टाइटन्स र राजस्थान रोयल्स
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।