logo-img

फराकिलो जित निकाल्दै प्लानिङ ब्वाइज ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा

समाज कल्याण खेलकुद केन्द्रलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार खेलको १९ औं मिनेटमा फागुराम थारूले प्लानिङलाई सुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा प्रतापसिंह राईले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

६८ औं मिनेटमा विपिन पराजुलीले आत्मघाती गोल गरेपछि प्लानिङले ३–० ले अघि बढ्यो । ८१ औं मिनेटमा अर्जुनकुमार रानाले गोल गरेपछि प्लानिङले ४–० को फराकिलो जित हात पारेको हो ।  

जितसँगै १२ खेलमा २८ अंक जोडेको प्लानिङ अन्तिम खेल जितेको खण्डमा ‘बी’ डिभिजनमा बढुवा हुनेछ । पराजित समाज कल्याण समान खेलबाट १५ अंकका साथ सातौं स्थानमा छ । 


 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १३:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया