बजेट अधिवेशनबाटै प्रदेश-१ को नाम टुंग्याउन कांग्रेसको आग्रह

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले प्रदेशसभाको चालू दशौं तथा बजेट अधिवेशनबाटै प्रदेश–१ को नामाकरण गर्न माग गरेको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको दशौं तथा बजेट अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले आपसी मत भिन्नतालाई छाडेर प्रदेशको नामाकरण गर्नुपर्नेमा जोड दिए ।

‘नामाकरण कहाँ गएर अड्किएको भन्ने कुरा रोष्टममा बसेर चिच्याएर बोल्नेभन्दा पनि सबैले दलीय हिसाबबाट होस् वा व्यक्तिगत रूपमा आत्म समीक्षा गर्‍यौं भने हलो कहाँ अड्किएको छ भन्ने कुरा सबैले बुझेका छौँ,’ उनले भने, ‘सबै इगोहरूलाई छाडेर मत र मन भिन्नतालाई छाडेर यही अधिवेशनभित्रै नामाकरण टुंग्याउन हाम्रो दलको तर्फबाट आग्रह छ ।’ 

उनले प्रदेशसभाको कार्यकाल सकिन लागे पनि प्रदेशले नाम  पाउन नसकेको बताउँदै सरकार र प्रतिपक्ष भनेर पन्छिने छुट नरहेको पनि बताए । प्रमुख सचेतक राईले प्रमुख प्रतिपक्षी एमालेको सहयोगबिना नामाकरणको सम्भावना नरहेको बताउँदै सकारात्मक सहयोगका लागि आग्रहसमेत गरे । 

‘गणितीय हिसाबमा सरकार पक्ष र प्रतिपक्ष भन्ने कसैलाई छुट छैन । प्रतिपक्षको सहयोगबिना नामाकरणको सम्भावना छैन,’ उनले भने, ‘चुनावमा जाँदा सत्ता वा प्रतिपक्ष भनेर प्रश्न मात्र उठ्ने छैन, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैलाई प्रश्न उठ्छ । त्यसैले यसलाई टुंग्याउन जरुरी छ ।’
 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १३:२०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया