उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा नेकपा एमालेका किरण पाण्डे निर्वाचित भएका छन् ।
उनी र नेपाली कांग्रेसका प्रकाश खड्काकाे बराबर मत १ हजार ५३ आएपछि गाेलाप्रथाबाट उनी निर्वाचित भएका हुन् ।
बाँकी ४ वडा सदस्यमा एमालेका उमेदवार विजयी भए पनि वडाध्यक्षमा बराबर मत आएको थियो । त्रियुगामा मेयरमा भने नेपाली कांग्रेसका वसन्त बस्नेत र उपमेयरमा नेकपा एमालेका महेश्वरी राई विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।