हल्का रमाइलोमा कलाकार बनेर झुल्किए ‘मिदी भाइ’

म्यादी प्रहरीको ड्रेस लगाएर टिकटकमा भाइरल बनेका भाइरल किशोर नवराज रेग्मीले हास्य सिरियलमा अभिनय थालेका छन् । 

उनी  ‘हल्का रमाइलो’ नाम सिरियल अभिनयमा देखिन थालेका हुन् । सिरियलका निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ले रेग्मी ‘हल्का रमाइलो’को अझै केही भागमा देखिने जानकारी दिएक छन् । 

आइतबार प्रसारण भएको सिरियलको नयाँ भागमा उनी पनि देखिएका थिए । सिरियलमा उनी म्यादीकै पोसाकमा प्रस्तुत भएका थिए ।अहिले सिरियलमा म्यादीकै पोसाकमा भित्र्याएको भएपनि अब कुनै रमाइलो पत्रको रुपमा अगाडि ल्याउने श्रेष्ठको भनाइ छ ।

कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय रेग्मी म्यादी हुँ भन्दै एक भिडियो सामाजिक सञ्जालमा हालेपछि भाइरल भएका थिए । 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १८:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया