बजेट सकारात्मकः एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारले आइतबार संसदमा प्रस्तुत बजेटको स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष ०७९–८० का लागि प्रस्तुत बजेट वक्तव्यमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका थुप्रै माग सम्बोधन गरिएको उल्लेख छ । गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएकोमा भन्दै संघले स्वागत गरेको हो ।

विज्ञप्तिमा विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गर्नेजस्ता प्रावधान पनि सकारात्मक रहेको उल्लेख छ । 

यसअघि नेपाल सरकारले विदेशमा बसोबास गरी रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न सहज गर्नुका साथै यही जुन १ तारिखदेखि नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदर दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्न लागेको छ । 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार २०:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया