त्रियुगा १० को वडाअध्यक्षमा गोलाप्रथाबाट एमालेका पाण्डे निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं. १० मा वडाध्यक्षको मत गणना रोचक बनेको छ । 

वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशकुमार खड्का र एमाले उम्मेदवार किरण पाण्डेको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो । बराबरी मत आएपछि गोलाप्रथामार्फत एमालेका किरण पाण्डेले बाजी मारेका छन् ।

नेपाली कांग्रेसका खड्का र एमालेका पाण्डेले समान १०५३ मत ल्याएका थिए । मत बराबरी आएपछि जितको टुंगो लगाउन गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट वडाध्यक्षमा कांग्रेससका प्रकाशकुमार खड्का पराजित भएका हुन् ।





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार २२:२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया